दोस्रो बजारमा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबार सुरु

२६ जेठ, काठमाडौं । आजदेखि धितोपत्र दोस्रो बजारमा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबार सुरु भएको छ ।

मंगलवार कुल ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको कम्पनीको सिएचडिसी स्टक संकेतबाट शेयर कारोबार सुरु भएको हो । कम्पनीले रू. ८३ करोड ९४ लाख १० हजार चुक्तापूँजी बराबरको उक्त शेयर सूचीकृत गराएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. १३८ दशमलव ७९ देखि रू. ४१६ दशमलव ३७ सम्मको मूल्य रेञ्ज तोकेको थियो । नेप्सेले तोकेको अधितम मूल्यमै प्रि ओपनिङ सेसनमा कारोबार भएसँगै सोहि मूल्यमा नियमित सेसनको कारोबार सूरु भएको हो ।

पहिलो कारोबार दिन कम्पनीको शेयर खरिद चाप सबैभन्दा बढी रहेको छ । कारोबारको १५ मिनेटको कम्पनीको ५ लाख ९० हजार ३५६ कित्ता शेयर खरिद माग रहेको छ भने विक्री कर्ता देखिएका छैनन् ।

यस अवधिसम्म कम्पनीको रू. ३३ हजार ७६० बराबरको ८० कित्ता शेयर कारोबार भएको छ । यो कारोबार रू. ४१६, रू.४२४, रू.४३२ र रू.४४० सम्मको मूल्यमा भएको हो । कम्पनीले सर्वसाधारणमा बैशाख ३१ गते आईपीओ बाँडफाँट गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment