क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ प्रतिष्ठानहरुको स्वायत्ततामा अतिक्रमणको नियत अस्वीकार्य ! फिर्ता लिन चेतावनी : नेपाली कांग्रेस

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सरकारले बजेटमा क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ प्रतिष्ठानहरुको स्वायत्ततामा अतिक्रमणको नियत अस्वीकार्य जनाउदै यस कार्य फिर्ता लिन चेतावनी दिएको छ ।

बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणा मार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियतमाथि सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारि रहेको बिषयमा नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेसका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा बताउनुभयो ।

क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप ब्यवस्थित, प्रोत्साहित र बढावा दिन निश्चयनै जरुरी छ । त्यसका लागि स्थापिव त स्वास्थ प्रतिष्ठानहरु हाम्रो भरपर्दाे आधार हुन् शर्माले भन्नुभयो । यही सन्दर्भमा नेपाली कांग्रेले विज्ञप्ति निकाल्दै उक्त कार्यको विरोध जनाएको छ ।

०४६ को परिवर्तन पश्चात् नेपाली कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केहि क्यान्सर अस्पतालहरु देशमा छन् । समयानुकूल तिनको क्षमता विस्तार गर्ने र ती मार्फत नविन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको हो । त्यसका लागि सक्षम प्रतिष्ठानहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र शसक्तिकरण गर्ने योजना उपयुक्त हुनसक्थ्यो । तर त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बांकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, बिज्ञ परामर्श र सरोकारवालाहरुसंग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यसपछिल्तिरको निश्चित नियतलाई प्रष्ट गरिसकेको छ ।

गम्भीर विमर्श पश्चात मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्न नेपाली कांग्रेस काम चलाउ सरकारलाई चेतावनी दिन दिन चाहन्छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment