कोरोना खोपका लागि ज्येष्ठ नागरिकको लाइन (फोटो फिचर)

२५ जेठ, काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल)को पहिलो मात्रा ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकका लागि मंगलबारदेखि दिन थालिएको छ । काठमाडौं उपत्यकामा ६० देखि ६४ र अन्य जिल्लामा ६२ देखि ६४ वर्षका नागरिकलाई खोप वितरण गर्ने गरी अभियान आजबाट सुरु गरिएको थियो ।

काठमाडौं स्थित गोकर्ण नगरपालसिकाका मेयर सन्तोष चालिसे आज नारायणटार चामुण्डा माविमा खोप कार्यक्रमको उदघाटन गर्नु भएको छ । साथै उक्त कार्यक्रममा गो न पा का प्रवक्ता मनोज ढुंगाना उपस्थित भएका थिए । खोप कार्यक्रम सामाजिक दुरी कायम भई सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिकाले मंगलबार ६४ वर्षका नागरिकका लागि खोप लगाउन वडास्तरमा खोप केन्द्र तोकेको छ । चीनले ८ लाख डोज भेरोसेल खोप दिएपछि ज्येष्ठ नागरिकलाई खोप दिइएको हो । खोप लगाउन धेरै खोप केन्द्रमा ज्येष्ठ नागरिक लामो लाइन बसेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment