आज १७ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

२४ जेठ, काठमाडौं । आज नेप्सेमा  १५ अर्ब ८१ करोड ८६ लाख बराबरको कारोबार भएको छ । जसमध्ये १७ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

आज कारोबार भएका समूहमध्ये ६ वटा समूह बाहेक अन्य समूह बढेका छन् भने आज १७ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयर फाइनान्स कम्पनीहरुमा बढि भएको छ ।

आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्स, कामना सेवा विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडवील फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ट फाइनान्स कम्पनी, गुराँस फाइनान्स र मञ्जुश्री फाइनान्स रहेका छन् ।

त्यसैगरि आज रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, समृद्धी फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र साग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment