सुनचाँदीको मूल्य घट्यो

२४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । गत आइतबार केहि बढेको सुनको मूल्य सोमबार तोलामा ३०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा ५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार १०० र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment