सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले सस्तियो

२१ जेठ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ भने चाँदीको पनि ३५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा खरीदविक्री भएको थियो।

आज चाँदीको कारोबार पनि प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ घटेको हो ।

यो पनि पढ्नुहोस्



मल्टिमिडिया ग्यालरी

digital khabarGoldgold priceLockdown
Comments (0)
Add Comment