काठमाडौं उपत्यकामा थपिए आज एक हजार ५५८ जना कोरोनाका सक्रंमित

१८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ५५८ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ५५८ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ६०, ललितपुरमा २८३ र भक्तपुरमा २१५ जना सङ्क्रमितको पुष्टि भएको हो ।

काठमाडौंमा हाल १४ हजार ५८४, ललितपुरमा छ हजार ३६९ र भक्तपुरमा चार हजार ३०० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
काठमाडौंमा हालसम्म एक लाख ८९ हजार २८८ जना सङ्क्रमित भएका छन् ।

हालसम्म ललितपुरमा ३३ हजार ६१५ र भक्तपुरमा २० हजार १२४ जना सङ्क्रमित भएका छन् ।
हालसम्म काठमाडौंमा एक हजार ६२९, ललितपुरमा ४४२ र भक्तपुरमा ३२७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment