सुनको मूल्यमा बृद्धी

१८ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । सोमबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३७० पुगेको महासंघले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment