महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा, सरकारमा जाने तयारी

१७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल गर्न उनीहरू बालुवाटार पुगेको बताइएको छ।

सोमबारको भेटमा मन्त्रालय बाँडफाँटलगायत विषयमा छलफल हुने जसपाका एक कार्यकारिणी सदस्यले बताएका छन्। ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुरपक्ष ओली नेतृत्वको सरकारमा सहभागी हुने जनाइएको छ।

जसपाले अघि सारेका माग सम्बोधन भएकाले ओली सरकारमा सहभागी हुने निर्णय लिएको बताइएको छ। जसपाको संसदीय दलमा ठाकुर-महतो पक्षको बहुमत छ। उनीहरुको पक्षमा २० सांसद छन्।

यस्तै जसपाका अर्का नेता लक्ष्मणलाल कर्णले पनि आफूहरुको पार्टी जतिबेला पनि अब सरकारमा सहभागी हुनसक्ने बताएका छन्। महन्थ ठाकुरपक्षको राजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानुपर्ने अडानमा छ भने बाबुराम भट्टराई र उपेन्द्र यादव भने विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्ने पक्षमा छन्।

यसअघि आइतबार राति जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी फुटको संकेत गर्दै समयले नयाँ ध्रुवीकरण खोजेको बताएका छन्। उनले नयाँ निर्माणका निम्ति पुरानो भत्कनु पर्ने भन्दै मान्छे तानातानमा नलाग्न आग्रह समेत गरेका छन्।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो’, बाबुरामले ट्वीटमा लेखेका छन्, ‘नयॉ निर्माण निम्ति पुरानो भत्कनैपर्छ। समयले नयॉ ध्रुवीकरण खोज्दैछ। अत: मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासँग र बाख्राबाख्रासंग हुन दिऊॅ ! हात मिलाएर आआफ्नो बाटो लागौं ! हिँडिरहे फेरि भेट हुनेछ !’



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownMahanta ThakurnepalNewsPoliticQuarantineRajendra Mahato
Comments (0)
Add Comment