बागमती उद्गमस्थलको जलाधार संरक्षण तथा जलप्रवाहमा सुधार गर्न सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने

१६ जेष्ठ, काठमाडौं । बाग्मती नदीको उद्गमस्थलको जलाधार संरक्षण तथा जलप्रवाहमा सुधार गर्न सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने भएको छ ।

बाग्मतीमा जानीको बहाव बढाएर नदीलाई स्वच्छ बनाउने उद्देश्यका साथ शिवपुरी राष्ट्रिय निकुञ्जको धापमा निर्माण गरिएको बाँध अन्तिम चरणमा पुगेको छ ।

नागमती बाँध पनि तयार भएपछि बागमतीमा स्वच्छ पानी बगाउन सकिने छ । बाँध निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार जारी गरेको बजेटमा उल्लेख छ ।

काठमाडौं उपत्यकाका बागमती, रुद्रमती, विष्णुमतीलगायतका नदी सफा बनाउका लागि तीन अर्ब ४७ करोड रुपैयाँको बजेट विनियोजन भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment