निषेध आदेशमा कडाइ, बिहानै सडकमा देखियो प्रहरीको सक्रियता

१४ जेष्ठ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आजदेखि बिहान मोर्निङ वाकमा निस्किनेदेखि सवारी जाँचमा कडा निगरानी गर्न निर्देशन दिएको बताए। उनले पत्रकारहरूका लागि पनि प्रशासनको पत्र अनवार्य गरिएको बताए।

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै एक साता निषेध आदेशमा कडाइ गरिने उनले बताए। यसअघि बिहान फलफूल र तरकारी पसलसँगै खाद्यान्न पसल पनि सञ्चालन हुँदै आएकामा आजदेखि एक हप्ता खाद्यान्न र किराना पसल खोल्न नपाइने भएको छ। तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने छ।

यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ।

आजदेखि २० गतेसम्म एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध थप कठोर बन्ने र नमान्नेलाई जेल सजायसम्म हुने सीडीओ पराजुलीले बताए।

कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन स्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइएको हो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabardigitalkhabar.comhealthKathmanduLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment