सुनको मूल्यमा बृद्धी

१३ जेठ, काटमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३५० रहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment