आज थपिए ६ हजार ७१४ जना नयाँ कोरोना संक्रमित

१२ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६ हजार ६७७ जनामा कोरोना पुष्टि भएको छ । ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ सय ४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११३९, भक्तपुरमा ११३ र ललितपुरमा २४१ जना कोरोना संक्रमित थपिएका हुन्।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment