गोरो र चम्किलो अनुहार बनाउन यी कुराहरु लगाउनूस् !

रिता शर्मा

१० जेष्ठ, काठमाडौँ । सुन्दर हुने रहर कस्लाई हुँदैन ? गोरो र चम्किलो अनुहार बनाउन हामी विभिन्न किसिममा क्रिम पाउडर आदि लगाउने गर्दछौ। तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ । अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन् ।

केही साधारण घरेलु उपायहरुः

  • तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ।
  • नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ ।
  • एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ।
  • टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो।
  • काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ ।
  • कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।
  • एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदा गर्छ ।
  • दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।
  • एउटा स्याउलाई पिसेर अनुहारमा लेप लगाउने । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ।
  • छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन।
  • छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस्। चिल्लोपना नियन्त्रणमा आउँछ।
  • चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ ।
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment