यस वर्षको मिस वर्ल्ड दिल्लीमा हुने, मंसिर ३० मा फिनाले

२८ भदाै, काठमाडौं । विश्व सुन्दरी प्रतियोगिता २०२३ को फिनाले भारतको राजधानी नयाँ दिल्लीमा मंसिर ३० गते (डिसेम्बर १६) मा हुने भएको छ ।

यसअघि भारतमा प्रतियोगिता हुने भनिए पनि कुन ठाउँमा हुने खुलाइएको थिएन । विभिन्न ठाउँलाई लिएर अड्कलबाजी चलिरहेका थिए । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिल्लीमा प्रतियोगिता हुने निश्चित भएको जानकारी दिए । विवरणअनुसार २७ वर्षपछि भारतमा मिस वर्ल्ड आयोजना हुन लागेको हो ।

७१ औं संस्करणमा मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीले मुलुकको प्रतिनिधित्व गर्दैछिन् । अहिले उनी यसका लागि तयारीमा जुटेकी छन् ।

नेपालले ब्युटी विथ पर्पस र मल्टिमिडिया लगायतका फास्ट ट्रयाक विधामा दाबेदारी पेश गर्ने तयारी गरिरहेको छ । प्रियंकाले पनि सोहीअनुसार आफू यी फास्ट-ट्रयाक विधामा जित निकाल्ने रणनीतिमा लागेको बताएकी छन् ।

विश्वका २० ठूला धनी देशहरुको सम्मेलन जी-२० को सफलतापूर्वक आयोजना भएको भारतमा विश्व सौन्दर्य प्रतियोगिताकै सर्वोच्च प्रतिस्पर्धा आयोजना हुन लागेको हो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment