नृसिंह जयन्तिको धार्मिक महत्व यस्तो रहेको छ।

१० जेष्ठ, काठमाडाै । मिति २०७८ साल जेठ ११ गते मंगलबार बैशाखशुक्ल चतुर्दशी तिथि राति ७/ ५४ बजेसम्म त्यस उप्रान्त पूर्णिमा तिथी आरम्भ भएको हुनाले हिन्दू धर्मका अनुसार नृसिंह जयन्ति भएकोले ” नृसिंह” अवतार भगवान विष्णु चौथो अवतार हो। दैत्यराज हिरण्यकश्यपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवानले नृसिंह अवतार धारण गर्नुपरेको थियो।हिन्दु धर्म ग्रन्थका अनुसार कष्यप ऋषिको पत्नी दितीको गर्भबाट दुईटा बालक हिरण्याक्ष र हिरण्यकश्यपु पैदा भएका थिए।यिनिहरू ठुलो भएपछि जता ततै उप्रद्रो मचाउन थाले।

हिरण्याक्षलाई बराह भगवानले मारेका थिए। हिरण्यकश्यपुले ब्रह्मा जिको घोर तपश्या गर्दा हिरण्य कश्यपुको शरिरबाट आगोको ज्वाला निस्किन्थ्यो। यो देखेर ब्रह्मा जीले हिरण्यकश्यपु भएको ठाउँमा गएर इच्छा अनुसार वरदान माग्ने आज्ञा गरे।यो सुनेर हिरण्यकश्यपुले ब्रह्माजी सँग अमर रहने वरदान माग्यो। ब्रह्माजीले जन्मे पछि मर्नैपर्ने शृष्टिको नियम भएकाले कोही अरु वर माग्ने आज्ञा गरे।यो सुनेर ब्रह्मा जिसँग हिरण्यकश्यपुले “घरको बाहिर घरको भित्र, रातीको अँधेरोमा दिनको घाममा. आकाशमा, पातालमा, जमीनमा, नर (मानिस)बाट, यक्षबाट, गंधर्वबाट, देवताबाट, किन्नरबाट कुन्जर(जनावर)बाट, हातबाट र हतियारबाट नमर्ने वरदान माग्यो।

ब्रह्माजीले हिरण्यकश्यपुको तपस्या घोर भएकोले मागेको वरदान दिए। ब्रह्माजीको वरदान पाएर हिरण्यकश्यपु अमर भयो। हिरण्यकश्यपुले तिनैलोकमा कब्जा जमायो। सबै जगतलाई आफ्नो बसमा गर्यो। पुरा शृष्टिको मालिक म नै हो। म भन्दा ठूलो अरु कोही छैन भन्ने विश्वास सबैमा दिलाउन थाल्यो।

पछि गएर उसको घरमा भक्त प्रह्लादको जन्म भयो।भक्त प्रह्लाद दैत्य राज हिरण्य कश्यपु जस्तो पाखण्डीका छोरा भएर पनि सानै उमेर देखि हरि भक्तीमा रुची राख्न थाले। यो देखेर दैत्यराज हिरण्य कश्यपुले प्रह्लादलाई संसारको अधिपति आफु भएको र आफु भन्दा ठूलो कोही हरि नभएको कुरा सम्झाउन खोज्यो तर प्रह्लादले समुद्र न देखेको मानिसले कुवालाई नै ठूलो भन्छ तपाईँ त एक कुवाको भ्यागुता जस्तै कुरा गर्नु हुन्छ भनि उल्टो जवाफ दिए।

यो सुनेर हिरण्यकश्यपु रिसाएर प्रह्लादलाई आफ्नो छोरो भएकाले मार्न सकिन्न यसलाई राक्षसी शिक्षाको कमी भयो भनेर गुरुकहाँ पढाउन पठायो। तर प्रह्लाद त्यहाँ पनि पढाई छोडेर हरि भक्ती तिरै लागे गुरुले धेरै सम्झाए तर प्रह्लादले हरि भक्ती छोडेनन्। झनै त्यहाँ भएका अन्य दैत्य पुत्रहरूलाई हरि भक्तीमा लगाए .

यो देखेर गुरुले पनि हार मानी दैत्य राज हिरण्यकश्यपु कहाँ पठाई दिए। हिरण्यकश्यपुले फेरी प्रह्लादलाई सम्झाउने कोशिस गर्यो। तर प्रह्लादले हरि भक्ती भन्दा ठूलो कोही ज्ञान छैन भन्ने कुरा व्यक्त गरे। अब हिरण्यकश्यपु साह्रै रिसाएर प्रह्लादका हात खुट्टा बाँधेर हात्तिहरूको बाटोमा छोड्न लगायो।तर हात्तिहरूले प्रह्लादलाई देखेर कुल्चन सकेनन्।

तब हिरण्यकश्यपुले प्रह्लादलाई बाँधेर समुद्रमा बगाउन लगायो। प्रह्लादलाई सागरमा बगाईयो तर हरिकृपा, विष्णु भगवान स्वयं आएर प्रह्लादलाई बचाए। प्रह्लादलाई ज्ञान दिएर भगवान अन्तर्ध्यान भए।

केही दिनपछी हरि ज्ञान प्राप्त गरेर प्रह्लाद घर फर्किए। प्रह्लादलाई देखेर हिरण्यकश्यपु फेरी प्रह्लादलाई सम्झाउन लाग्यो। तब प्रह्लादले हरि भन्दा ठूलो कोही नभएको र हरि सबै ठाउँमा रहेको कुरा दोह्राए। रिसले चुर भएको हिरण्यकश्यपुले “यदी तेरो हरी सबै ठाउँमा छ भने मेरो साम्ने हरिलाई देखा” भन्यो। तब प्रह्लादले हरिको ध्यान गर्दै बिष्णुको आवाहन गरे। केही छिनमै भगवान विष्णु खम्बाबाट नृसिंह अवतारमा प्रकट भए। यो देखेर हिरण्यकश्यपुले खम्बालाई तरवारले काट्यो।

तब भगवान नृसिंह पनि रिसाएर हिरण्यकश्यपुलाई मार्न अघाडी सरे नृसिंह भगवानको आधा शरिर सिंहको र आधा शरिर मान्छेको थियो। यसो भएकाले उनी न जनावर थिए न मान्छे। जतिखेर हिरण्यकश्यपुलाई मारियो। त्यो समय सन्ध्या समय थियो ,त्यो समयमा न त घाम थियो न रातको अँधेरो। तब सबै विधी मिलाएर भगवान नृसिंहले हिरण्यकश्यपुलाई घरको वीच ढोकामा आफ्नो काखमाथी राखेर नङ्ग्रा धसी मारे। ब्रह्माजीको सबै वाचा मिलाएर मारे पछि गएर नृसिंहको क्रोधले सारा संसार जल्न लाग्यो। नरसिँहको क्रोध शान्त पार्न ब्रह्मा, शिव, लक्ष्मी आदी देवी देवताहरू आएर प्रार्थना गरे तर क्रोध झन बढ्दै गयो।

अन्तमा प्रह्लादले प्रार्थना गर्दा नरसिँहको कोप शान्त भयो। प्रह्लादलाई ज्ञान दिएर नृसिंह भगवान अन्तर्ध्यान भए। प्रह्लादले पनि हरि भक्तीमा ध्यान दिएर राज पाठ सम्हाले। प्रह्लादलाई ज्ञान सिकाउनको निमित्त भगवान विष्णूले दत्तात्रय अवतार लिएका थिए। दत्तात्रयले पनि प्रह्लादलाई धेरै ज्ञान सिकाएका थिए।

पं-बालमुकुन्द देबकोटा

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment