सुनको मूल्यमा सामान्य बृद्धी

१० जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । आइतबार पनि सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १३५० रहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabarGold & Silver
Comments (0)
Add Comment