नेपाल खेलकुद महासंघले खेलकुद पत्रकारको साझा संस्था नेपाल खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान

१० जेठ, काठमाडौं । नेपाल खेलकुद महासंघले खेलकुद पत्रकारको साझा संस्था नेपाल खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । आईतबार काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा एक कार्यक्रमका बीच महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र)लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

महासंघले ‘कोभिड–नो भिड’ अभियान अन्तर्गत फ्रन्टलाइनरको रुपमा अग्रपङ्तीमा खटिने खेलकुद पत्रकारलाई मास्क, सेनिटाइजर, ग्लोभस लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।


महासंघका वरिष्ठ उपाध्यक्ष बस्नेतले कोरोनाका बिषम परिस्थितीमा फ्रन्टलाइनरलाई उपलब्ध गराउने स्वास्थ्य सामाग्री मञ्चलाई समेत हस्तान्तरण गरिएको बताए । मञ्चका अध्यक्ष सुबेदीले पत्रकारहरु सधै जोखिममा रहने उल्लेख गर्दै स्वास्थ्य सामाग्री सहयोगका लागि महासंघलाई धन्यबाद दिएका थिए ।


महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष बस्नेत सहित प्रथम उपाध्यक्ष गोबिन्द भट्टराई, उपाध्यक्षहरु सुभाष श्रेष्ठ, यकेन्द्र कुँवर, प्रभात बिक्रम कट्वाल, महासचिव मेघराज पौडेल, सह–महासचिवद्धय प्रदीप खत्री र नन्दा बस्याल, सचिव उमेश केसी, कोषाध्यक्ष बिनु शर्मा, उपत्यका सचिव केशव वलीको उपस्थिती थियो । महासंघले अभियान अन्तर्गत देशका ५६ जिल्लामा अग्रपङ्ती खटिने फ्रन्टलाइनरलाई स्वास्थ्य सामाग्री वितरण गरी सकेको छ । अभियानलाई देशभरका सबै जिल्लामा विस्तार गर्ने योजना रहेको वरिष्ठ उपाध्यक्ष बस्नेतले जानकारी दिएका छन्

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

corona viruscovid 19 updatedigital khabarLockdownlockdown in nepal
Comments (0)
Add Comment