NRNA पाेर्चुगललाई गम्भीर आराेप लगाउदै उपाध्यक्ष – सचिब लगाएतले गरे राजिनामा धाेषणा, अध्यक्ष भन्छन ; छिट्टै कार्यसमिति बैठक बसि आवश्यक निर्णय गरिने

याेगेन्द्र खरेल, लिस्वाेन पाेर्चुगल

याेगेन्द्र खरेल

०५ जेष्ठ, लिस्वाेन पाेर्चुगल ।
NRNA पाेर्चुगलका कार्यसमिति का पदाधिकारीहरु नै कुटपिट, ठगि लगायतका अपराधीक गतिविधिहरुमा संलग्न भईरहेकाे तथा यस्ता गतिविधिहरु राेक्न अध्यक्ष लगायत समिति नै निरीह बनेकाे भन्दै, NRNA पाेर्चुगलका उपाध्यक्षध्देय अशाेक गरुङ र मच्छिन्द्र अर्याल तथा सचिब यामेन्द्र घर्तीमगर, सदस्य आनन्द तमाङ ले राजिनामा गरेकाे सार्वजनिक घाेषणा गरेका छन ।

उनिहरुले भनेका छन, NRNA पाेर्चुगल बिधिबिधान भन्दा पनि एकलाैटि चलेकाे, हिसाबकिताक चुस्तदुरुस्त नराखेकाे र सार्वजनिक नगरेकाे लगाएतका अराेपहरु लगाउदै, आफुहरु यी र यस्ता अनैतिक कार्यहरुकाे साक्षि बस्न नसक्ने भन्दै सार्वजनिक रुपमा राजिनामा घाेषणा गरेका छन ।

यहि बिषयमा NRNA पाेर्चुगलका अध्यक्षलाई सम्पर्क गर्दा उनी भन्छन , एक जना उपाध्यक्षकाे राजिनामा आएकाे तर अरुहरुकाे राजिनामा बारे सामाजिक सन्जालमा देखेकाे जनाए ।

तपाईं र कार्यसमिति पदाधिकारीहरुलाई विभिन्न आराेपहरु लगाउदै राजिनामा घाेषणा गरिएकाे छ नि भन्ने प्रश्नकाे जवाफमा उनी भन्छन ; अब छिट्टै कार्यसमिति बैठक बसि यी र यस्ता यावत बिषयहरुमा छलफल गरि आवश्यक निर्णय गर्दै सबै लाई स्पष्ट पारिने छ । साथै याे बिषय तत्काल कुनै अरु प्रतिक्रिया दिन नसकिने बताएका छन ।

स्मरण रहाेस , NRNA पाेर्चुगल बिगत देखि नै विभिन्न बिबाद तानिदै आएकाे छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment