सुनको मूल्यमा आज सामान्य गिरावट

०५ जेठ, काठमाडौं केहि दिनदेखि निरन्तर उकालो लागेको नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा ६ सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३७० पुगेको महासंघले जनाएको छ



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment