इंग्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिम २५ दिनको क्वारेन्टाइनमा बस्ने

०५ जेष्ठ, काठमाडौँ । इंग्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिमका खेलाडी २५ दिनसम्म क्वारेन्टाइनमा बस्ने भएको छ ।

जुन २ मा इंग्ल्याण्ड भ्रमणमा जान अघि भारतीय टिमले मुम्बईमा दुई साता र इंग्ल्यान्ड पुगेपछि १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको हो ।

भारतीय टिमको मुम्बईमा बुधबार क्वारेन्टिन शुरू भएको छ । भारतीय टिम जुन २ मा इंग्ल्यान्ड जाने छन् ।

इंग्ल्यान्ड पुगेपछि भारतीय टिमले साउथह्याम्पटनमा १० दिनको क्वारेन्टिनमा बस्ने छन् ।

भारतले इंग्ल्यान्डमा न्युजिल्याण्डसँग जुन १८ देखि २२ सम्म विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल खेल्नेछ । लगत्तै इंग्ल्यान्डविरुद्ध अगस्ट ४ बाट टेस्ट सिरिज खेल्नेछ । यसका लागि बीसीसीआईले २० सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment