चक्रवात ताउ-ते १८५ किमि प्रतिघण्टाकाे रफ्तारले गुजरात हुँदै लम्किँदै

०४ जेठ, काठमाडौँ । चक्रवात ताउ-ते भारतको गुजरात हुँदै लम्किँदै छ । १८५ किमि प्रतिघण्टाको रफ्तारमा रहेको ताउ-ते ले मुम्बइमा भारी वर्षा गराएको छ । गुजरातबाट करिब १.५ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

यसभन्दा अगाडि आएको तूफानले सन् १९९८ मा पनि गुजरातले ठूलो जन र धनको क्षति बेहोरेको थियो । १ हजार १७३ को मृत्यु भएको बताइए पनि १ हजार ७७४ जना हराएका थिए ।

चक्रवात ताउ-तेको असर नेपालमा पनि देखिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment