एट्लेटिको, रियल र बार्सिलोना एकै समयमा खेल्दै

०२ जेठ, एजेन्सी । स्पेनिस ला लिगामा आज राति ३७औं चरणको सबै १० खेल एकै समयमा हुँदैछ । लिग उपाधि, च्याम्पियन्स लिगका लागि शीर्ष चार, युरोपा लिग छनोट तथा प्ले अफ र रेलिगेसनको नतिजामा फरक नपरोस भनेर नै अन्तिम चरणका खेल एकै समयमा खेलाउने गरिन्छ ।

ला लिगामा शीर्ष चारमा पर्ने टोलीको टुंगो लाग्दा लिग च्याम्पियन, युरोपा लिग, युरोपा लिग प्ले अफ र रेलिगेसनको टुंगो लाग्न बाँकी छ । यस्तोमा उपाधि होडमा रहेको एट्लेटिको म्याड्रिडले घरेलु मैदानमा ओसासुना, रियल म्याड्रिडले अवे मैदानमा एथलेटिक बिल्वाओ र बार्सिलोनाले घरेलु मैदानमा सेल्टा डि भिगोको सामना गर्दैछ । सबै खेल राति १०:१५ बजे हुनेछ ।

यस्तै शीर्ष चारमा स्थान पक्का गरिसकेको सेभियाले भिल्लारियलसँग खेल्दैछ । युरोपा लिग र युरोपा लिगको प्ले अफमा पुग्ने सम्भावना रहेको रियल सोसिडाडले रियल भालाडोलिड, रियल बेटिसले हुएस्कासँग खेल्दैछ । भिल्लारियलले सेभिया र सेल्टाले बार्सिलोनासँग खेल्ने तालिका छ ।

रेलिगेसन जोनमा रहेको एइवरले भ्यालेन्सिया, इल्चेले क्याडिज, रियल भालाडोलिडले सेभियासँग खेल्नेछ । यस्तै हुएस्काले रियल बेटिस, गेटाफेले लेभान्टे र एलाभेसले ग्रानडासँग खेल्दैछ । सम्भवत ३७औं चरणको खेलबाट ला लिगाको च्याम्पियन र रेलिगेसनमा पर्ने टोलीको टुंगो लगाउन सक्नेछ ।

शीर्षस्थानमा रहेको एट्लेटिकोको ३६ खेलबाट ८० अंक छ । दोस्रोमा रहेको रियलको ७८ तथा तेस्रोमा रहेको बार्सिलोनाको ७६ तथा चौथोमा रहेको सेभियाको ७४ अंक छ । आजको खेलमा एटलेटिकोले जित हासिल गरेर रियल म्याड्रिड रोकिएको खण्डमा एटलेटिको म्याड्रिडले लिग उपाधि जित्नेछ ।

युरोपा लिगको दौडमा रहेको रियल सोसिडाडको ५६, रियल बेटिस र भिल्लारियलको समान ५५ तथा सेल्टाको ५० अंक छ । रेलिगेसन जोनको पुछारमा रहेको एइवर र इल्चेको समन ३० अंक छ । रियल भालाडोलिडको ३१, हुएस्काको ३३, गेटाफेको ३४ तथा एलोभेसको ३५ अंक छ । एइवर र इल्चेको गणितियमा रेलिगेसन जोगिने सम्भावना छ ।

ला लिगामा आज हुने खेलहरु :

एथलेटिको बिल्वाओविरुद्ध रियल म्याड्रिड (राति १०:१५ बजे)

एट्लेटिको म्याड्रिडविरुद्ध ओसासुना (राति १०:१५ बजे)

बार्सिलोनाविरुद्ध सेल्टा डि भिगो (राति १०:१५ बजे)

क्याडिजविरुद्ध इल्चे (राति १०:१५ बजे)

एलाभेसविरुद्ध ग्रानडा (राति १०:१५ बजे)

गेटाफेविरुद्ध लेभान्टे (राति १०:१५ बजे)

रियल बेटिसविरुद्ध हुएस्का (राति १०:१५ बजे)

रियल सोसिडाडविरुद्ध रियल भालाडोलिड (राति १०:१५ बजे)

भ्यालेन्सियाविरुद्ध एइवर (राति १०:१५ बजे)

भिल्लारियलविरुद्ध सेभिया (राति १०:१५ बजे)



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment