डा. आरजु राणा देउवाद्वारा अक्सिजन प्लान्ट स्थापनाका लागि १० लाख आर्थिक सहयोग

०२ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा कैलाली क्षेत्र नम्बर ५की उम्मेद्वार डा. आरजु राणा देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागी धनगढी उप महानगरपालिकालाई १० लाख आर्थिक सहयोग गरेकी छिन् ।

धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले १० लाख सहयोग गरेकी हुन् । उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा नेतृ देउवाले रकम जम्मा गरेकी हुन् ।

आईतवार कांग्रेस नेतृ देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागी धनगढी उपमाहानगरपालीका १० लाख आर्थिक सहयोग गरेको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए ।

विगत ५ महिना देखी देउवा आफ्नो उपचारका लागि जापान रहेकी देउवाले महाविपत्तीका बेला कैलालीका नागरिकलाई अक्सिजन प्लान्ट स्थापनाका लागी सानो सहयोग गरेको काँग्रेस नेतृ देउवाले बताएकी छिन् ।

अहिले धनगढी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाका रकम संकलन अभियान चलाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment