सुनचाँदीको मूल्य बढ्यो

०२ जेठ, काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९१ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ८ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्या तोलामा २० रुपैयाँले बढेर १३५० रहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment