प्रधानमन्त्रीद्वारा गाेदावारीमा निर्मित सम्मेलन भवन उद्घाटन प्रत्यक्ष प्रशारण

३१ वैशाख, काठमाडौं ।  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गोदावरी सनराईज (सम्मेलन केन्द्र) को समुद्घाटन गरेका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुन पदवहाली भएका छन् । उनलाई आज राष्ट्रपतिद्वारा २:३० बजे सपथ गराएकि थिइन् ।

ललितपुरका गोदावरीमा निर्मित तीन हजारजना अट्न सक्ने सुविधासम्पन्न सम्मेलन भवन निर्माण पूरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो सभा भवनको भर्चुयल माध्यमबाट उद्घाटन गर्नुभयो ।

२०७६ कात्तिक २० गते सम्झौता भएको थियो । सम्झौता भएको भोलिपल्टैबाटै काम सुरु भएको थियो । सो भवन अघिल्लो बर्षको चैत्रमा सम्पन्न हुने सम्झौता भए पनि साइटमा रहेको रुख काट्न दुई महिना लागेको र बर्षादको कारणले भनेको समयमा काम सम्पन्न हुन सकेन ।
पच्चीस रोपनी क्षेत्रफलमा ६० हजार वर्गफिटमा फैलिएको केन्द्रमा तीन तलाको भवन र एक तलामाथि बीम रहेकोे छ ।

यसमा एक मुख्य भवन त्यसभित्रको ‘ए’ ब्लकमा शौचालय, पाहुनाकक्ष र विशिष्ट व्यक्ति बस्ने ठाउँ, ‘बी’ ब्लकमा तीन हजार क्षमताको कक्ष र ‘सी’ ब्लकमा सानो बैठककक्षका साथै हल पनि रहने छ । केन्द्र निर्माणका लागि रु ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा निर्माण सम्पन्न गर्न ठेक्का लिएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment