वर्ल्डलिंकका निर्देशक विजय जलानको कोरोना संक्रमण बाट निधन

३१ वैशाख, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक तथा निर्देशक विजय जलानको कोरोना संक्रमण बाट निधन । कोरोना भाइरसको महामारीले विश्वलाई नै तहसनहस पारिरहेका बेलामा नेपाल पनि अछुतो छैन । पछिल्लो समय फैलिइरहेको कोरोनाको दोस्रो छालले अझ बढी अत्यास बढाएको छ । त्यतिमात्र तेहेरो संख्यामा दैनिक नेपालीहरुको ज्यान जान थालेको छ ।

कोरोनाका कारण नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले सहसंस्थापक तथा निर्देशक विजयकुमार जालानलाई पनि गुमाएको छ । अल्पायुमै जलानको बिहीबार बिहान निधन भएको हो ।

४६ वर्षीय जालानको उपचारका क्रममा बिहीबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । गत बैशाख १५ गते पीसीआर परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण पुष्टि भएपछि बैशाख १८ गते अस्पताल भर्ना भएका थिए । पछिल्ला केही दिन यता उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको थियो ।

जालानको बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गरी जलाउने कार्य नेपाली सेनाले गर्दै आएको छ ।

उक्त अन्त्येष्टि कार्यक्रममा वर्ल्डलिंकका पदाधिकारी एवं उच्चतहका कर्मचारीहरु सहभागी भएका थिए । जलानकी श्रीमती र एक छोरा छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment