वन्यजन्तुको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा १० जनाको मृत्यु

३१ बैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

बिहीबार निकुन्जको कोर इलाका दक्षिणी भूभागमा पर्ने बगाई माडी सेक्टर अन्तर्गत इच्छ्यानगर भन्ने स्थानमा हात्तीले आक्रमण गर्दा पर्सा जिल्ला ठोरी गाउपालिका २ का ६० वर्षीय गोविन्द बहादुर राउतको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

राउत निकुन्जमा च्याउ टिप्न जादा हत्तिसंग जम्काभेट भएको हुनसक्ने आँकलन गरिएको छ ।

राउत सँगै चालु आर्थिक वर्ष २०७७-७८ को हालसम्म निन्कुन्ज र यसको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु भएको अधिकारीले जानकारी दिनुभयो । ती मध्ये ३ वटा घटना हात्तीले आक्रमण गर्दा भएको छ ।

त्यस्तै बाघ र गैँडाको आक्रमणबाट ३÷३ जनाको मृत्यु भएको छ । गौरी गाईबाट १ र बँदेलको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment