सुजुकीका मोटरसाइकल र स्कुटर नेपालमै बन्ने

२९ वैशाख, काठमाडौं । नेपालमा मोटरसाइकल तथा स्कुटर एसेम्बल यूनिट खोल्ने प्रतिस्पर्धा नै सुरु हुन लागेको छ । बजाज र टीभीएसपछि अन्य कम्पनीले पनि मोटरसाइकल एसेम्बल गर्ने तयारी गरिरहेको समाचार बाहिर आएसँगै अर्को कम्पनी सुजुकीले पनि एसेम्बल यूनिट स्थापनाको तयारी भइरहेको जनाएको छ ।

‘हामी वातावरण सहज भए आगामी आर्थिक वर्षमा नै एसेम्बल प्लान्ट स्थापना गर्नेगरि काम गरिरहेका छौं’, भिजी सुजुकाका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले मेरोअटोसँग भने ।

अहिले सुजुकीले नेपाली बजारमा दुई मोडलका स्कुटर र विभिन्न ७ मोडलका मोटरसाइकल विक्री वितरण गर्दै आएको छ । यस्तोमा कम्पनीले यी मोडल नेपालमा नै एसेम्बल गर्ने तयारी गरेको हो ।

विशाल ग्रुप अन्तर्गतको भिजी सुजुकीले एसेम्बल प्लान्टको लागि बिरगंज र भैरहवा क्षेत्रमा जमिन हेरिरहेको जनाएको छ । कम्पनीले अहिलेको कोभिड संक्रमण केही कम भएसँगै प्लान्ट स्थापनाको लागि आवश्यक जग्गा र अन्य पूर्वाधार निर्माणमा काम गर्ने तयारी गरेको अग्रावालले जानकारी दिए ।

सुजुकी जापानी कार तथा मोटरसाइकल उत्पादक कम्पनी हो । यसले उत्पादन गर्ने मोटरसाइकल विश्व बजारमा निकै रुचाइएका छन् । नेपालमा पनि धेरै पहिलेदेखि सुजुकीका मोटरसाइकल तथा स्कुटर विक्री वितरण हुँदै आएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment