कंगना रनौटकाे ट्विटर अकाउन्ट सस्पेन्ड

मुम्बई : बलिउड अभिनेत्री कंगना रनौट सोसल मिडियामा निकै सक्रिय रहन्छिन्। उनी आफूलाई मनमा लागेका कुरा बेफिक्रीसँग पोस्ट गर्ने गर्छिन्। यही कारण केही दिनअघि ट्विटरले उनको अकाउन्ट सस्पेन्ड गरेको थियो।

सोसल मिडियामा निकै सक्रिय रहन्छिन्। उनी आफूलाई मनमा लागेका कुरा बेफिक्रीसँग पोस्ट गर्ने गर्छिन्। यही कारण केही दिनअघि ट्विटरले उनको अकाउन्ट सस्पेन्ड गरेको थियो।

बंगालको चुनावपछि उनको आपत्तजिनक टिप्पणीमाथि कारबाही गर्दै ट्विटरले स्थायी रूपमा कंगनाको अकाउन्ट बन्द गरिदिएको थियो। अहिले इन्स्टाग्रामले पनि कंगनाको पोस्ट्समाथि कारबाही गरेको छ। उनको एउटा पोस्ट इन्स्टाग्रामले डिलिट गरिदिएको छ। कंगनाले एउटा पोस्टमार्फत आफू कोरोना संक्रमित भएको बताएकी थिइन्। उनले कोरोनालाई सामान्य फ्लु भएको बताएकी थिइन्। उनको यही पोस्टमा विवाद भएपछि इन्स्टाग्रामले यो कदम उठाएको हो।

कंगनाले इन्स्टा स्टोरीमा लेखेकी छिन्, ‘इन्स्टाग्रामले मेरो एउटा पोस्ट डिलिट गरेको छ। जसमा मैले कोभिड समाप्त पार्ने धम्की दिएकी थिएँ। आतंकवादी र कम्युनिस्टमाथि सहानुभूति राख्नेका बारे त सुनेकी थिएँ तर कोभिड फैन क्लब पनि रहेछ।अचम्म छ।’ कंगनाले एक तस्बिर सेयर गर्दै लेखेकी थिइन्, ‘पछिल्ले कोही दिनदेखि म निकै थाकेको महसुस गरिरहेकी थिएँ। मेरो आँखा पोलिरहेका थिए। म क्वारेन्टिनमा छु।’

एजेन्सी



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthKangana RanautKathmanduLockdownMain HeadlinesnepalNewsPolitictechnologyTwitter
Comments (0)
Add Comment