नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयु र आइसोलेसन केन्द्र

२७ बैशाख, काठमाडौँ । कोभिड –१९ बाट सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ महानगरपालिका र नरदेवी आयुर्वेदिक अस्पतालबीच अक्सिजनसहितको एचडीयु (हाइ डिपेन्डेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्न सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

यसका लागि आज कामपाको तर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र नरदेवी अस्पतालका निर्देशक डा प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कोभिड–१९ को दोस्रो लहरले काठमाडौँ उपत्यकामा हरेक दिन सङ्क्रमितको सङ्ख्या बढेर अस्पतालहरुको क्षमतामा कमी भइरहेको अवस्थामा बिरामीलाई समयमानै उपचार प्राप्त होस भनेर कामपाले नरदेवी अस्पताललाई आर्थिक सहयोग गर्ने भएको हो ।

सम्झौताबमोजिम अस्पतालले आफूसँग रहेका भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र अन्य साधन स्रोतको उपयोग गरेर अक्सिजनसहितको एचडीयु सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्नेछ भने कामपाले यसका लागि आवश्यक खर्च अनुदानका रुपमा उपलब्ध गराउनेछ ।

त्यसैगरी कामपाले अस्पतालमा सञ्चालन हुने अक्सिजनसहितको एचडीयु सेवा र आइसोलेसन केन्द्र चलाउन पाइपलाइन सहितको अक्सिजन वितरण प्रणाली विकास गर्ने, अस्पतालको मर्मत सम्भार तथा रङ्गरोगन गर्ने, आवश्यक थप जनशक्ति व्यवस्था गर्नेजस्ता पूर्वाधार तयार गरेर आगामी जेठ १ गतेबाट सञ्चालनमा ल्याइनेछ ।

उपचारमा खटिएका जनशक्तिलाई प्रोत्साहन भत्ता, बिरामीका लागि खाना खाजालगायतका खर्च महानगरको अनुदान रकमबाट व्यहोरिने छ ।

पहिलो चरणमा ५० शय्याबाट अक्सिजनसहितको आइसोलेसन सेवा शुरु गरेर यसलाई विस्तार गर्दै लैजाने सहमतीपत्रमा उल्लेख छ ।

आइसोलेसनको व्यवस्थापनका लागि दुवै पक्षबाट दुईदुई जना प्रतिनिधि रहने व्यवस्थापन समिति गठन गरिनेछ । समितिले आइसोलेसन संञ्चालन व्यवस्थापनको समग्र व्यवस्थापन गर्नेछ । जोखिम बढ्दो क्रममा छ । बाक्लो बस्ती भएकोले संघीय राजधानी रहेको कामाप क्षेत्र अझ जोखिममा छ ।

“यहाँ बसोबास गर्ने जनतालाई बचाउन साझा प्रयास गरौँ, हामी सक्छौँ, आत्मविश्वास बढाऔँ, महामारी नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रलाई महानगरबाट यथोचित सहयोग हुनेछ”, कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने ।

अस्पतालका निर्देशक डा. केसीले महामारीमा आयुर्वेदिक अस्पतालले काम गर्न सक्छ भनेर विश्वास गरेपछि महानगरलाई आफूले अभिभावकका रुपमा पाएको बताए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

रासस



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthHospitalMain HeadlinesNardevi HospitalnepalNewsPolitictechnology
Comments (0)
Add Comment