सुपर लिगमा पहिलो क्वालिफायर खेल भोलि हुँदै, उपाधि आफैँले जित्ने चारै टाेलीकाे दावी

२७ बैशाख, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगिताको पहिलो क्वालिफायर खेल भोलि हुँदैछ ।

सात टिम सहभागी प्रतियोगिताको लिग चरणको शीर्ष दुईमा रहेका काठमाडौं रेजर्स र धनगढी एफसीबीच पहिलो क्वालिफायर प्रतिस्पर्धा हुन लागेको हो । लिग चरणको खेलमा धनगढीले काठमाडौंमाथि ३–० को स्पष्ट जित हासिल गरेको थियो । यो खेल जित्ने टिम फाइनलमा पुग्नेछ ।

हार्ने टिमले फेरि फाइनल प्रवेशका लागि इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउने छ । इलिमिनेटर खेलमा लिगमा तेस्रो स्थानमा रहेको ललितपुर सिटी एफसी र चौथो स्थानमा रहेको बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । हार्ने टिम बाहिरिने छ भने जित्ने टिमले फाइनल प्रवेशका लागि बिहीबार पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग खेल्नेछ ।

प्लेअफअघिको पत्रकार सम्मेलनमा आज चारै वटा टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नकै लागि अबका खेल खेल्ने बताएका छन् । पोखरा थन्डर्स, विराटनगर सिटी एफसी र चितवन भने बाहिरिएका छन् । विजेताले ३५ लाख रुपैयाँ जित्ने प्रतियोगिताको फाइनल खेल जेठ १ गते शनिबार हुनेछ ।



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownfootballhealthMain HeadlinesnepalNewsPoliticSuper Leaguetechnology
Comments (0)
Add Comment