जोर्डनको जर्सी कीर्तिमानी मूल्यमा बिक्री

२७ बैशाख, एजेन्सी । बास्केटबलका लिजेण्ड खेलाडी माइकल जोर्डनको जर्सी कीर्तिमानी मूल्यमा बिक्री भएको छ । युनिभर्सिटी अफ नर्थ कारोलिनाबाट खेल्दा माइकलले लगाएको जर्सी १ मिलियन पाउण्डमा बिक्री भएको छ ।

हेरिटेज अक्सन स्पोर्ट्सले जोर्डनको जर्सी १ मिलियन पाउण्डमा शनिबार बिक्री भएको जनाएको छ । यस अघि पनि जोर्डनले प्रयोग गरेको सामग्री महँगो मूल्यमा बिक्री भएको थियो ।

एनबीए लिजेण्ड जोर्डनले प्रयोग गरेको नाईकीको ‘एयर जोर्डन १’ जुत्ता ५ लाख ६० हजार युरोमा बिक्री भएको थियो ।

जुन मूल्य बास्केटबल जुत्ताको अक्सन इतिहासकै सर्वाधिक महँगो हो । सिकागो बुल्सका पूर्व स्टार जोर्डनले क्लबका लागि ६ पटक एनबीए उपाधि जितेका थिए ।

५८ वर्षीय जोर्डनले सिकागोबाट १५ सिजन खेलेका थिए । सन् २००३ बाट उनले खेल जीवनबाट सन्यास लिएका थिए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownfootballhealthMain HeadlinesMichel JordannepalNewsPoliticSports NewsSuper Leaguetechnology
Comments (0)
Add Comment