स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

२७ बैशाख, बर्दिया।राजापुर नगरपालिका-४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

साथै उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाईल र थान सिमकार्ड समेत प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यो पनि पढ्नुहोस:



मल्टिमिडिया ग्यालरी

cornonacovidcrimecrime in nepaldigital khabarLockdown
Comments (0)
Add Comment