सुनको मूल्य बढ्यो

२७ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार वृद्धि भइरहेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा किनबेच हुँदैछ ।

अघिल्लो दिन पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्दा प्रतितोला ९१ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

सोमबार सुनसँगै चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३६० रुपैयाँमा खरिदबिक्री हुँदैछ । आइतबार चाँदीको मूल्य घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा झरेको थियो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

businesscoronadigital khabarGoldgold marketLockdownnepalnumber of covid increase
Comments (0)
Add Comment