प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन

२६ बैशाख, काठमाडौं ।आइतवार प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको गत बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ९७२ को आधारमा मूल्य समायोजन गरी बोनसपछिको मूल्य रू. ८८४ तोकेको हो ।

कम्पनीले यस वर्ष १० प्रतिशत बोनससँगै शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारितका लागि कम्पनीले जेठ ६ गते २५औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा विहान ११ बजे आव्हान गरिएको हो ।

कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने तयारी गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले बैशाख २६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले नेप्सेले बोनस पछिको मूल्य तोकेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको अन्त्यसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित र सामूहिक लगानीकोष योजना सञ्चालन गर्ने विषय प्रबन्धपत्रमा थप गर्ने निर्णय पनि सभाले गर्नेछ ।

सञ्चालक समितिका सदस्यहरुको बैठक भक्ता बृद्धि गर्ने विषय पनि सभामा छलफलका लागि तय भएको छ । चालू आर्थिक वर्षको वार्षिक लेखापरिक्षणका लागि वर्तमान लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई पुनः नियुक्त गर्ने निर्णय पनि सभाले गर्नेछ ।

यो पनि पढ्नुहोस्;



मल्टिमिडिया ग्यालरी

coronacovid effectdigital khabarinsurancenew bonusnew price listed in shareprabhu life insuranceshare marketshare nepal
Comments (0)
Add Comment