संघीय संसदका १९ सांसदलाई कोरोना संक्रमण

२५ बैशाख, काठमाडौं । कोरोना परीक्षण गरिएका २०५ सासंदसहित एक हजार २३५ कर्मचारीमध्ये १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यसमध्ये राष्ट्रियसभाका एक सदस्यसहित १९ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।

१४१ संघीय संसदका कर्मचारी, मर्यादापालक, स्वकिय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारसहित १६० जनामा कोरोना संक्रमण देखिएको संसद सचिवालयले जनाएको छ । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।

वैशाख २२, २३ र २४ गते संसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid PatientCovid-19digital khabardigitalkhabar.com. LockdownhealthKathmanduKathmandu MunicipalityNews businessSamsad
Comments (0)
Add Comment