कोरोनाविरुद्ध लड्न कोहली दम्पतिद्वारा २ करोड सहयोग

२५ बैशाख, एजेन्सी । भारतीय क्रिकेट कप्तान विराट कोहली र कोहलीका पत्नी तथा नायिका अनुष्का शर्माले कोरोना भाईरसको महामारीसँग लड्न २ करोड भारु आर्थिक सहयोग गरेका छन् ।

कोहली दम्पतिले कोरोनाविरुद्ध लड्न २ करोड दिने घोषणा गरेका हुन् ।

यस्तै उनीहरुले कोरोनाविरुद्ध लड्नका लागि आर्थिक संकलनको अभियान समेत सुरु गरेका छन् ।

कोहली दम्पतिले केट्टो प्लाटफर्मबाट युनाईटेड वे अफ बेन्ग्लुरुनामक एनजीओसँग मिलेर अभियान सुरु गरेका हुन् ।

यस अभियानबाट ७ करोड संकलन गर्ने लक्ष्य रहेको बताईएको छ । उक्त अभियानकै लागि कोहली दम्पतिले २ करोड दिने घोषणा गरेका हुन् ।

सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै उनीहरुले अभियान संचालन गरिएको जनाएका छन् ।

पछिल्लो समय कोरोनाको दोस्रो लहरले भारत आक्रान्त बनेको छ ।

भारतमा दैनिक लाखौको संख्यामा संक्रमित बढिरहेको छ । र, हजारौं संक्रमितको मृत्यु भईरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Anuska SharmaBuirat KolibusinessCoronavirusCovid-19digital khabarhealthLockdownMain HeadlinesnepalNewsPoliticPoliticsshare market
Comments (0)
Add Comment