फाइभजी स्मार्टफोनको विश्वव्यापी बिक्री चुलियो, एप्पलको हिस्सा ३० प्रतिशत

२५ बैशाख, एजेन्सी । स्ट्राटेजी एनालिस्टले हालै निकालेको प्रतिवेदनमा फाइभजी स्मार्टफोनको विश्वव्यापी बिक्री २०२१ को पहिलो त्रैमासमा ह्वात्तै चुलिएको छ।

प्रतिवेदनमा फाइभजी उत्पादकहरुको व्यापार ११४ देखि ११६५ प्रतिशतसम्म बढेको देखिएको छ।

यस प्रतिवेदन अनुसार यसै वर्षको जनवरीदेखि मार्चसम्ममा विशर्वभरमा जम्मा १३ करोड ३९ लाख थान फाइभजी स्मार्टफोन बिक्री भएको छ। यो आँकडा गत वर्षको यसै अवधिको तुलनामा ४५८ प्रतिशतले बढी हो। गत वर्ष पहिलो त्रैमासमा जम्मा २ करोड ४० लाख थान फाइभजी स्मार्टफोनहरु बिक्री भएका थिए।

यो आँकडा अनुसार एप्पलले ४ करोड थान हाराहारीमा फाइभजी स्मार्टफोन बेचेको पाइएको छ। गत वर्ष एप्पलले फाइभजी स्मार्टफोन उत्पादन नगरेकाले स्ट्राटेजी एनालिस्टले एप्पलको बिक्री १०० बढेको बताएको छ।

स्ट्राटेजी एनालिस्टका निर्देशक केन हायर्सका अनुसार आईफोन १२ ले चीन, अमेरिका तथा यूरोपमा अत्यधिक लोकप्रियता कमाएका कारण फाइभजी स्मार्टफोनका क्षेत्रमा एप्पल अग्रणी स्थानमा रहेको छ।

सार्वजनिक भएको सूचीमा ह्वावेलाई भने समावेश गरिएको छैन। तर चीनका अन्य ब्राण्ड ओपो, भिभो र शाओमी भने प्रतिस्पर्धामा खरो उत्रिएका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

5G NetworkbusinessCoronavirusCovid-19digital khabarhealthLockdownMain HeadlinesnepalNewsPoliticPoliticsshare markettechnology
Comments (0)
Add Comment