२ अर्व बराबरको ऋणपत्र बिक्री खुला गर्दै एनएमबि बैंक

२४ बैशाख, काठमाडौं । एनएमबि बैंकले जेठ २ गतेदेखि १० वर्षे अवधिको २ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ।बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले निश्काशन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ।

जसमा ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ६० हजार कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन्।

इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment