बाह्र किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ

२२ बैशाख, सिरहा । धनगढीमाई नगरपालिका-११ श्रमजिवी जाने बाटोबाट १२ किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका-१३ बस्ने २१ वर्षीय राकेश यादब, २१ वर्षीय सुनिल यादब र २० वर्षीय संजय यादब रहेका छन् । स.१० प २७३ र स.२ प ७५८३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धनगढी सिरहाले जनाएको छ ।

यो पनि पढ्नुहोस:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment