१५ लाख माथिले भरे सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ

२० बैशाख, काठमाडौं ।सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्ममा ९ गुणा बढीको आवेदन परेको छ ।

कम्पनीको आईपिओमा सोमबार साँझ ५ बजेसम्ममा १५ लाख ३ सय ६४ जना आवेदकबाट २ करोड ३० लाख ७३ हजार २ सय ३६ कित्ताको लागि आवेदन परेको हो । जुन माग भन्दा ९.८५ गुणा बढी हो ।

कम्पनीले शुक्रबारदेखि सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता  आइपीओ निष्काशन गरेको हो । जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

लगानीकर्ताले वैशाख २१ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख १८ हजार २ सय ३० कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ता मेरो शेयर तथा सम्पूर्ण सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

यो पनि पढ्नुहोस्



मल्टिमिडिया ग्यालरी

digital khabar