नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा १३ औं स्थानमा

२० बैशाख, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा पुनः माथि उक्लेको छ ।

नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृङ्खला जितेर एक स्थानमाथि उक्लेको नेपाल एक साता नबित्दै आईसीसीको नयाँ वरीयतामा पुनः एक स्थानमाथि उक्लेको हो ।

आईसीसीले सोमबार जारी गरेको नयाँ वरियता बमोजिम नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा १३ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १४ औं स्थानमा थियो ।

पछिल्लोपटक नेपालले स्कटल्याण्ड र यूएईलाई उछिनेको छ । यसअघि स्कटल्याण्ड १३ औं स्थानमा थियो । स्कटल्याण्ड अब १४ औं स्थानमा चिप्लिँदा यूएई १५ औं स्थानमा पुगेको छ । नेपालभन्दामाथि टेष्ट मान्यता प्राप्त राष्ट्रहरु छन् । आयरल्याण्ड १२ औं स्थानमा छ ।

नयाँ वरीयता बमोजिम नेपालको रेटिंग्स १८७ पुगेको छ । आयरल्याण्डको रेटिंग्स १८८ छ । ११ औं स्थानको जिम्बाबवेको रेटिंग्स १९१ छ । नेपालले १९ खेलबाट तीन हजार ५५६ अङ्क जोडेको छ । आयरल्याण्डको १८ खेलबाट तीन हजार ३८८ अङ्क छ ।
आईसीसीको नयाँ वरीयतामा इंग्ल्याण्ड शीर्षस्थानमा यथावत् छ ।


त्यसैगरी, नेपालले अन्तर्राष्ट्रिय एकदिबसीय क्रिकेटको विश्व वरियतामा समेत एक स्थानमाथि उक्लेको छ । यसअघि १७ औं स्थानमा रहेको नेपाल आईसीसीले सोमबार जारी गरेको नयाँ वरीयतामा १६ औं स्थानमा उक्लेको छ ।


आईसीसीको नयाँ वरीयतामा न्युजिल्याण्ड अन्तर्राष्ट्रिय एकदिबसीयको शीर्ष स्थनमा छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो तथा इंग्ल्याण्ड चौथो स्थानमा छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment