रु रु जलविद्युत परियोजना लिमिटेडको शेयर कारोवार रु ३५६ बाट सुरु

२० बैशाख, काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रु रु जलविद्युत परियोजना लिमिटेडको शेयर कारोबार सुरु भएको छ । कम्पनीको आज सोमबारबाट कारोबार सुरु प्रि ओपनमा कम्पनीको पहिलो कारोबार ३५६ रुपैयाँबाट कारोवार गरेको छ ।

प्रि ओपनमा कारोबार भएसंगै अब नियमित समयमा कम्पनीको कारोबार जारि रहने छ । कम्पनीको RURU सिम्बलबाट कारोबार भएको हो ।

नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेज्न निर्धारण गरेको थियो । रेन्जको अधिकतम मूल्यबाट नै पहिलो कारोबार भएको हो ।

आइतबार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो ।

कम्पनीले हुग्दी खोलमा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ । यस आयोजनाले सन् २०१५ को मार्चदेखि विद्युत उत्पादन गरिरहेको छ ।

यो पनि पढ्नुहोस्



मल्टिमिडिया ग्यालरी

digital khabarshare market
Comments (0)
Add Comment