‘हाइस्कोर’ म्याचमा चेन्नई सुपर किङ्ग्स दुर्भाग्यपूर्ण रुपमा मुम्बईसँग पराजितत

१९ बैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार ‘हाइस्कोर’ म्याचमा चेन्नई सुपर किङ्ग्स दुर्भाग्यपूर्ण रुपमा पराजित भएको छ । साविक विजेता मुम्बई इन्डियन्सविरुद्धको म्याचमा २१९ रनको विशाल लक्ष्य दिएको चेन्नईले पराजय टार्न नसकेको हो ।

टस जितेर मुम्बईले पहिला फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २१८ रनको ‘हाइस्कोर’ खडा गरेको थियो । तर मुम्बईले खेललाई अन्तिम बलसम्मै लम्ब्याउँदै चार विकेटको जित हासिल गरेको हो ।

२१९ रनको लक्ष्य पछ्याएको मुम्बईका लागि किरन पोलार्डले शानदार ब्याटिङ गर्दै ८७ रन बनाए । उनले ३४ बलमा ६ चौका र ८ छक्काको मद्दतमा उक्त रन बनाएका हुन् । यस्तै कप्तान रोहित शर्माले ३५, क्विन्टन डिककले ३८, क्रुनाल पाण्ड्याले ३२ रन बनाए ।

चेन्नइका साम करनले चार ओभरमा ३४ रन दिएर तीन विकेट लिए । यस्तै शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अलीले एक/एक विकेट लिए । यसअघि चेन्नईका लागि अम्बाती रायडुले विस्फोटक ब्याटिङ गर्दै २७ बलमै ७२ रन बनाएका थिए । उनले ४ चौका र ७ छक्का प्रहार गरे । यस्तै मोइन अलीले ५८ र फाफ डुप्लेसिसले ५० रन बनाए ।

मुम्बईका लागि जसप्रित बुमराह निकै महँगा बलर साबित भए । उनले चार ओभरमा ५६ रन दिएर एक विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले चार ओभरमा ४२ रन दिएर एक विकेट लिए भने किरन पोलार्डले दुई ओभरमा १२ रन दिएर दुई विकेट लिए ।

पराजयका बाबजुद चेन्नई अंक तालिकाको शीर्ष स्थानमा छ । यस्तै मुम्बई चौथो नम्बरमा छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment