सीसीएमसीले १३ ओटा नाका मात्र सञ्चालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस (सूचीसहित)

१७ बैशाख, काठमाडौँ । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले १३ ओटा नाका मात्र सञ्चालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको बैठकले अहिले सञ्चालनमा रहेको ३५ ओटा नाकामध्ये १३ ओटा मात्र सञ्चालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

सीसीएमसीले खुलाउनकाे लागि सिफारिस गरेका नाकाहरू :

पशुपतिनगर
काँकडभिट्टा
जोगवनी
भिट्टामोड
गौर
वीरगञ्ज
कृष्णनगर
बेलहिया
जमुनाह
गौरीफन्टा
गड्डाचौकी
कुलघाट
झुलाघाट



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment