सानिमा जनरल इन्स्योरेन्सको जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा

१७ बैशाख, काठमाडौं । यसै बर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको सानिमा जनरल इन्स्योरेन्सले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा विहान १०:३० बजे सभा बोलाईएको हो । सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालन निर्वाचन गर्ने हुदाँ भौतिक उपस्थितिमै सभा गर्न लागेको छ ।

भर्चुअल माध्यमबाट सभामा भाग लिन चाहने सम्बन्धित सदस्यहरुलाई भिडियो कन्फ्रेन्समार्फत सभाभा सहभागी हुने व्यवस्था मिलाउँने कम्पनीले जानकारी दिएको छ । सञ्चालक निर्वाचनसँगै गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ ।

यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment