आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ


१७ बैशाख, नबलपरासी (पश्चिम) । आफ्नै श्रीमती ३० वर्षीया सलन्ती हरिजनको हत्या गरेको अभियोगमा प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिषयमा उनीहरूबिच झै-झगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment