निषेधाज्ञाकाे समयमा बिहान १० देखि दिउँसो २ बजेसम्म बैंक खुल्ने

१५ बैशाख, काठमाडौै । काठमाण्डाैं उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन्। निषेधाज्ञा लागेका उपत्यकाका तीन जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएकाे हाे ।

राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा याे सहमति भएकाे छ ।

काेराेनाकाे संक्रमणको अवस्थालाई हेरेर पछि निर्णय गरिने बताइएकाे छ । बैंकका एटीम भने साविककै जस्तै खुला रहने छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment