प्रधानमन्त्री केपी शर्मा ओली आइसाेलेशनमा

१५ वैशाख, काठमाडौँ । आफ्नाे सम्पर्कमा आएका नेताहरुलाई कोरोना भाइरसको संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेशनमा बसेका छन्।

पछिल्लो पटक नेता खिमलाल भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भट्टराईको सचिवालयले उनलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो। संक्रमण पुष्टि भएपछि उनी आइसोलेशनमा छन्।

प्रधानमन्त्री ओली पनि भट्टराईसँगको सम्पर्कमा आएकाले आइसोलेशनमा बसेका हुन्।

अहिलेसम्म ओली पक्षका तीनजनामा संक्रमण पुष्टि भएको छ। नेताहरुलाई कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठकमा सहभागी भएकाहरुको कन्ट्याक ट्रेसिङ्ग भइरहेको एमालेले जनाएको छ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment